२०८१ बैशाख १४ गते शुक्रवार

प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको पदभार


तुलसीपुर, १८ मंसिर ।
प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको नयाँ निर्वाचित पदाधिकारीलाई सपथ तथा पदभार ग्रहण गराइएको छ । निर्वाचन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक मोहन धितालको अध्यक्षतामा भएको कार्यक्रमका बोल्दै संघका अध्यक्ष जनकप्रसाद खरालले प्रजातान्त्रिक विचारधारामा रहेका ब्यवसायीहरुलाई एक बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । ब्यवसायीको एकताले मात्रै समृद्धि र विकास भएको भन्दै उनले ब्यवसायीहरुलाई एक बनाएर जाने बताए ।

सल्लाहकार चयन

यसैबीच प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ तुलसीपुरको नयाँ कार्यसमितिको पहिलो बैठक बसेको छ । प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ तुलसीपुर अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन र साधारणसभा सफल पार्न सहयोग गर्ने उद्योगी, ब्यवसायी, पार्टी नेतृत्व, सञ्चारमाध्यम सबैलाई धन्यवाद दिने निर्णय गरेको महासचिव झलक केसीले जानकारी दिए । बैठकले संघको सल्लाहकारमा विजय केसी, टिकाराम रोका, दिपेन्द्र गिरी दिपु, यमकान्त भण्डारी, नेत्रलाल वली, गहेन्द्र गिरीलाई सल्लाहकारमा चयन गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *