दाङ, मंसिर १३ । सल्यानले प्रहरीले एकजना विप्लवका नेतालाई बैठक स्थलवाटै पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला सचिवालय सदस्य टोपबहादुर खत्रीलाई सल्यान प्रहरीले मंसिर ११ गते बैठक स्थल बाटै पक्राउ गरेको छ । पार्टीको श्रीनगरमा बसेको बैठक स्थलबाटै प्रहरीले खत्रीलाई प्रहरीले पक्राउ गरेको उक्त पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले जानकारी दिएका छन् ।
उनले बैठक स्थलवाटै खत्रीलाई गिरफ्तार गर्नु गैरकानुनी र आपत्तिजनक कार्य भएको हुँदा विना सर्त रिहा गर्न विज्ञप्ती मार्फत माग गरेका छन् । राजनीतिक मुद्दालाई व्यक्तिगत र झुट्टा मुद्दा बनाएर खत्रीलाई फसाउन खोजिएको भन्दै जिल्ला सक्रेटरी लोक्पालले त्यसको विरोध गरेका छन् ।
डेन्डर च्यातेको हुँदा पक्राउ –डिएसपी शाही
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुर शााहीले भने खत्रीले टेन्डर च्यातेको हुँदा पक्राउ गरिएको जानकारी दिएका छन् । दार्मा गाउँपालिले सडकको उत्खनन्को लागि दर्ता भएको ११ वटा टेन्डरका फारम च्यातेको हुँदा टोपबहादुर खत्रीलाई पक्राउ गरिएको डिएसपी शाहीले बताए । छत्रेश्वरी गाउँपालिका वडा नं. १ निवासी खत्री लगाएतका अन्य चारजना मिलेर गाउँपालिका वाट टेन्डर निकालेर च्याति फालेको हुँदा उक्त गाउँपालिकाको नेकपाको इञ्चार्ज समेत रहेका खत्रीलाई पक्राउ गरिएको शाहीले जानकारी दिए । गाउँपालिकामा गएर फारम च्यात्ने विप्लवका गाउँपालिका इञ्चार्जलाई खत्रीलाई पक्राउ गरेपछि अरुको पहिचान र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका खत्री माथि सार्वजनिक अपराध सम्वन्धी मुद्दा चलाउने जानकारी दिएको छ ।