२०८१ फाल्गुन ७ गते बुधवार

नेविसंघ महाधिवेशन पुसको अन्तिम साता 

काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको कार्यतालिका सार्वजानिक गरेको छ।

नेविसंघ केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुसको २८, २९ र ३० गते महाधिवेशन हुने सभापति नैनसिंह महरले बताए। नेविसंघले संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म मिति नै तोकेर अधिवेशन गर्ने कार्यतालिका पनि सार्वजानिक गरेको छ।

मंसिर २२ गते मावि र सिटिइभिटीको अधिवेशन गरिसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ त्यस्तै मंसिर २५ गते स्थानीय र नगर अधिवेशन, पुस ८ गतेभित्र उपत्यकाका क्याम्पसको अधिवेशन, पुस २० गते सातै प्रदेश अधिवेशन गर्नुपर्ने तालिका रहेको छ ।

केन्द्रीय समितिमा छलफल गरेर महाधिवेशन स्थलबारे टुंगो लगाउने नेविसंघको तयारी छ। कार्यतालिका अनुसार अधिवेशन नगर्ने कार्यसमिति स्वत: भंग हुनेछ। उनीहरूले महाधिवेशनमा पनि भाग लिन पाउने छैनन्। विवाद नहुने गरी केन्द्रीय प्रतिनिधिले जिम्मेवारीअनुसार अधिवेशन टुंग्याउनुपर्नेछ।  यसअघि नेविसंघले कात्तिक १६ देखि महाधिवेशन गर्ने तय गरे पनि अन्तिम समयमा आएर महाधिवेशन हुन सकेको थिएन।

नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यसमितिको म्याद माघ २ गते स्वत: सकिँदैछ। त्यसअघि नयाँ कार्यसमिति चयन गर्न महाधिवेशन तय गरिएको हो।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *