२०७७ मङ्सिर १२ गते शुक्रवार

सुरेश हमाल यातायात समितिको केन्द्रीय सल्लाहाकार

दाङ,मसिर १० । दाङका यातायात व्यवसायी सुरेश हमाल नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासङघको सल्लाहकारमा चयन गरिएका छन् ।
हमाल राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समितिका अध्यक्ष पनि हुन । उनी यसअघि यातायात ब्यबसायी राष्ट्रिय महासङघको उपमहासचिव जस्तो जिम्मेवारी निर्वाह गरिसकेका यातायात नेता हुन । उपमहासचिवमा निर्वाचित हुँदा उनले सबैभन्दा लोकपृय मत प्राप्त गरेका थिए । हमाल दुई दशकदेखि यातायात क्षेत्रमा क्रियाशिल छन ।

त्यस्तै महासङघको आइतवारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष दधिराम खरेललाई पनि सल्लाहाकारमा चयन गरेको छ । बुटवल निवासी खरेल पश्चिम नेपाल यातायात व्यवसायी समितिमा आवद्ध छन् । महासंघको कार्यसम्पादन बैठकले ५ नं. प्रदेश वाट हमाल र खरेल गरि दुई जनालाई सल्लाहाकारका चयन गरेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *