२०७८ साउन १५ गते शुक्रवार

सरकारका गलत कामको विरोधमा उत्रन देउवाको आग्रह

दाङ, मंसिर ६ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा उत्रन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार भैरहवामा आयोजित ५ नम्बर प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई उद्घाटन गर्दै काँग्रेस सभापति देउवाले अधिनायकवादतर्फ लम्किदै गरेका प्रधानमन्त्री ओली विरुद्ध चुप लागेर बसेको भन्दै विरोधमा उत्रन आग्रह गरेका हुन ।

‘मेरो विरोधमा तपाईहरु उत्रिने तर, अधिनायवादतर्फ अगाडि बढेको सरकारको विरुद्धमा तपाईहरु किन चुईक्क बोल्नुहुन्न’ देउवाले भने । उक्त कार्यक्रममा सहभागी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दिपक गिरीका अनुसार पार्टी सभापति देउवाले ओली नेतृत्वको कम्युनिष्ट सरकारले मनपरी गर्दा पनि त्यसको काँग्रेसका नेता कार्यकर्ताले विरोध नगरेको भन्दै असुन्तुष्टी जाहेर गरेका थिए ।


कम्युनिष्टको सरकारले मुलुकमा महंगी बढाएको र जनताको ढाड सेक्ने गरि कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा उत्रन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘केपी ओली हैन, उहाँको नाम करप्रसाद ओली राख्नु पर्ने हो’ देउवाले भने ।


काँग्रेसका कार्यकर्ता माधवकुमार नेपाल जत्तिकै पनि बोल्न डराएको भन्दै प्रधानमन्त्री ओलीका गलत कामका विरुद्ध नडराएर विरोधमा उत्रन सभापति देउवाले आग्रह गरेका थिए । ‘के काँग्रेसका नेता कार्यकर्तामा माधवकुमार नेपालको जत्तिको पनि साहस छैन’ देउवाले भने ।

यसैबीच काँग्रेस सभापति देउवाले निर्मला पन्तका हत्यारालाई सरकारले बचाउन खोजेको देउवाले आरोप थियो । उनले मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता जाहेर गरेका थिए ।

कम्युनिष्टको सरकारले मुलुकमा महंगी बढाएको र जनताको ढाड सेक्ने गरि कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा उत्रन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘केपी ओली हैन, उहाँको नाम करप्रसाद ओली राख्नु पर्ने हो’ देउवाले भने । काँग्रेस पराजित हुनुको कारण आन्तरिक घात अन्तरघातकै परिणाम भएको बताएका सभापति देउवाले अब गुट–उपगुटको अन्त्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताए ।

 

 

 

 

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *