बैतडी। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताएकि छिन ।
शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो ।
यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्ने बताएकि हुन् । उक्त कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गरेकी थिइन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार