दाङ,फागुन ४ । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसि सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागिले संयुक्तरुपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा डा. जनार्दन पन्थिलाई एसि सहयोग हस्तान्तरण गरेका हुन।
प्रतिष्ठानको आईसियु, एनआईसियु कक्षमा उपचारार्थ बिरामिलाई बातानुकुलीत तापक्रममा राख्न तथा बातानुकुलित अबस्थामा राख्नुपर्ने मेसिनरि औजार, उपकरणमा समेत यसमा प्रयोग हुने प्राडा पन्थिले बताए ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. लम्सालले प्रतिष्ठानका महत्वपुर्ण उपकरणलाई सुरक्षित राख्न एसिले महत्वपुर्ण सहयोग पुग्ने बताउदै एसि सहयोग गर्ने बैंक म्यानेजरसहित बैंक परिवारलाई धन्यवाद दिए ।
आगामी दिनमा सहयोग गर्न बैंकलाई उनले आग्रह गरे ।
त्यस्तै बैंकका शाखा म्यानेजर भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई एसि सहयोग गरिएको बताए ।