२०८२ माघ २३ गते शुक्रवार

फेरि पक्राउ परे दुर्गा प्रसाँई


दाङ, माघ २३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं शुत्रबार फेरि पक्राउ परेका छन । केही दिन पहिले मात्रै उनी पोखराबाट पक्राउ परेका थिए ।


प्रहरीले उनलाई शुक्रबार दिउँसो फेरि काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।
उनीविरूद्ध निर्वाचन आयोगले साइबर ब्युरोमा उजुरी गरेको हुँदा प्रसाँई पुनः पक्राउ परेका हुन ।


निर्वाचन आयोगले प्रसाँईले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको बर्खिलाप हुने गरी कसुर गरेको तथा विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको भन्दै नियन्त्रणमा लिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *