तुलसीपुर, माघ २३ । दाङ प्रहरीले झन्डै २७ लाख मूल्य बराबरको जीमका सामान बरामद गरेको छ ।
माघ २० गते इलाका प्रहरी कार्यालय अमेलिया दाङले चेकजाँचका क्रममा ती सामान बरामद गरेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराका अनुसार बुटवल बाट धनगडी तर्फ जाँदै गरेको यूके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रक चेकजाँचका क्रममा बिल फेला नपरेपछि ती सामान बरामद गरेको हो ।
जस्को अन्दाजी बजार मूल्य २६ लाख साढे ८१ हजार बढी छ । बरामद जीमका सामाग्री आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको डिएसपी बोहराले बताएका छन् ।
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार