दाङ, माघ २३ । बर्दियामा एकै दिन चितुवाको आक्रमण परि दुई जनाको मृत्यु भएको छ । वन जंगलमा घाँस काट्न गएका एक महिला र एक पुरुषको चिनुवाको आक्रमणमा परि मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी देबेन्द्रकुमार मल्लका अनुसारमधुबन नगरपालिका – ९ की ४९ बर्षीया मैसरा डाँगीको पनि बिहीबार बेलुकी पख बाघको आक्रमणबाट मृत्यु भएको छ ।
नेपाल – भारत सीमाना क्षेत्रमा डाँगी स्थानीय संग घाँस काट्न गएको समयमा दिउँसो २ बजेतिर चितुवाले आक्रमण गरि भारत तर्फको जंगलमा लगेको थियो ।
खोजी गर्ने क्रममा डाँगीको शब बेलुकी साढे ७ बजेतिर नेपाल – भारत सीमा स्तम्भ ७० नम्बरदेखि करिब १०० मिटर पर नेपाल तर्फकै अरहर बारीमा फेला परेको थियो ।
त्यस्तै जिल्लाको गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ बर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका – ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमण बाट मृत्यु भएको थियो ।
यो घटना बिहीबार बिहान साढे ११ बजेको थियो ।
माघ १५ गते मात्रै बारबर्दिया नगरपालिका – ११ जब्दीका ५० बर्षीय प्रेमबहादुर घर्ती मगर स्थानीय जनमुक्ती सामुदायिक वनमा घाँस काटन गएको अवस्थामा चितुवाको आक्रमण बाट गम्भीर घाइते भएका छ्न ।
घाँटीमा गहिरो घाउ खेत रहेका उनको उपचार जारी छ ।
पछिल्लो समय बर्दियामा बाघका आक्रमणका घटना बढ्दै गएका छन् ।