दाङ, माघ २३ । बैतडीमा जन्तीबस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
उपचारका क्रममा घाइते मध्य थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको छ ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका – ७ का १७ बर्षीय बिसनदत्त जोशी, २८ बर्षीय दीपकराज जोशी, ४६ बर्षीय किसनदत्त जोशी, केदारस्यूँ गाउँपालिकका – ७ का २७ बर्षीय केशवराज भट्ट, र पचौंडी नगरपालिका – ७ का १४ बर्षीया सुशिल जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायका अनुसार पहिले नै बित्थडचिर गाउँपालिका – ७ का ४० बर्षीय केशवराज जोशी र १३ बर्षीय अशोकराज जोशीको मृत्यु भएको थियो । उनीहर बाबु छोरा हुन ।
४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी दाजु भाइ हुन । २४ बर्षीय वशन्त जोशी बेहुलाका काकाका छोरा हुन ।
मृतक मध्य बझाङको जयपृथ्बी नगरपालिका – ७ का ४० बर्षीय वशन्तराज रतला बेहुलाका भिनाजु रहेको बताए ।
मृतक सबै २८ बर्षीय बेहुला माधव जोशीका एकाघरका काका भतिज र आफन्त परेको हुँदा वडा नै शोकमा डुबेको बित्थडचिर गाउँपालिका – ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीले जानकारी दिए ।
दुर्घटनाका थप ३४ घाइतेको बिभिन्न अस्पतालमा उपचार भइ रहेको छ ।