काठमाडौँ उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिप्पर चलाउन दिने निर्णय गरेको हो ।
प्रतिघण्टा ३५ किलोमिटरको दरले टिप्पर चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । तर टिप्पर चलाउँदा चालकले सम्बन्धित निकायको अनुमति लिनुपर्ने महाशाखाले बताएको छ ।
पुननिर्माण र भौतिक पूर्वाधार निर्माणमा अफ्ठयारो परेको भन्दै टिप्परलाई दिउँसोको समयमा पनि चलाउन अनुमति दिइएको छ । यसअघि टिप्परका कारण दुर्घटना बढेपछि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चलाउन अनुमति दिइएको थियो ।
प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार