२०८२ असार ६ गते शनिवार

लमही सामुदायिक डाइलोसिस सेन्टरमा आर्थिक समस्या : सेवा दिन सकस

दुखहरण यादव,गढवा,फागुन १३। लमही सामुदायिक डाइलोसिस सेन्टरमा सरकारले सहयोग गर्न बन्द गरेपछि अहिले बन्द हुने अवस्थामा पुगेको छ ।

२०७६ साल माघ २९ गते देखि तात्कालिन लुम्बिनि प्रदेशको मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घाटन गरिएको सामुदायिक डाइलोसिस सेन्टर निशुल्क रुपमा मृगौला पिडित बिरामिहरुको उपचार गर्दै आएको पत्रकार सम्मेलन गर्दै सेन्टरका प्रमुख शंकर पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको सहयोगले बिरामिलाइ निशुल्क सेवा प्रदान आएको डाइलोसिस सेन्टरमा गएको साउन महिना देखि बजेट रोकिदा दैनिक प्रशासन समेत चलाउन नसकेको कारणले बन्द हुने अवस्थामा पुगेको छ ।

‘हामिले सामुदायिक सेवा गर्ने उद्देश्यलेले गैह्रनाफामुलक संस्थाको रुपमा सामुदायिक डाइलोसिस सेन्टर सन्चालन गरेर गरिब,बिपन्न तथा आर्थिक अवस्था कमजोर रहेकाहरुको निशुल्क रुपमा उपचार गर्दै आएका छौ,तर साउन महिना देखि सरकारले बेवास्ता गरेपछि जेनतेन अहिले सम्म बिरामिको उपचार गर्दै आएको तर सरकारले कुनै ठोस कदम न चाले सेन्टरले आर्थिक जोहो गर्न सकिदैन’ । रोटेरियन रबिलाल आचार्य भने ।

उपचार गर्न नपाउने भएपछि बिरामीहरु चिन्तित भएका छन । सामुदायिक डाइलोसिस सेन्टरले सेवा बन्द गर्ने हो भने तत्काल २/३ जना जटिल केसका बिरामिको जिउ बचाउन गार्हो हुने डाइलोसिस सेन्टरका डा.अब्दुस साबुद खानको भनाइ छ ।

अहिले देउखुरी सामुदायिक डाइलोसिस सेन्टरमा ५० जना भन्दा बढि बिरामि सेवा लिइरहेको रोतेरियन केशव घिमिरेले बताउदै जनताको बाच्न पाउने अधिकार सुनिस्चित गर्नको लागि सरकारले पहलकदमि भुमिका निर्वाह गर्न अनुरोध गरे ।

साउन देखि फागुनसम्म ६ करोड रुपैया प्रदेश सरकार संग पाउनु पर्ने तर न पाएको गुनासो केसब घिमिरेले बताए ।

संस्थाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा सेवाग्राही ,सरोकारवाला निकाय ,पत्रकार केपि घिमिरे,लिला शाह,प्रिया स्मृति गजमेर,रोटेरियन लोकमान रिजाल,ओभा पाठक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण रोटेरियन फणाधर दहालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *