शरद रेग्मी,तुलसीपुर ,माघ २८ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको सयुक्त आयोजनामा तुलसीपुरमा नि:शुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनियामा एक दिने बाख्रा पालन तथा नि:शुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
तुलसीपुर उपमहानगर पालिका पशु सेवा शाखाको सहकार्यमा सञ्चालन भएको स्वास्थ्य शिबिरमा स्थानिय किसानहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो अबसरमा डाक्टर मनोज केसी,डाक्टर कपिलदेब अधिकारी र पशुरोग बिशिषज्ञ नबराज रेग्मीले एकिकृत पशु स्वास्थ्य शिबिरमा सेवा प्रबाह गरेका थिए ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा क्लबका भाबि अध्यक्ष ईन्जिनियर पवन योगि,रोट्रयाक्ट क्लबका अध्यक्ष नारायण गौतम लगायतले कार्यक्रमको ब्यबस्थापन गरेका थिए ।
त्यसैगरि सोहि अबसरमा किसानहरुलाई एकदिने बाख्रापालन सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।
सो अबसरमा करिब दुई दर्जन किसानहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण महासचिब मनोज बस्नेतले गरेका थिए ।