२०७७ कार्तिक ९ गते आइतवार

सरसफाई अभियान १३४औँ हप्तामा


शरद रेग्मी
दाङ, चैत ५ ।
तुलसीपुरमा जारी क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियान मंगलबारदेखि १३४औँ हप्तामा प्रवेश गरेको छ । अभियानमा हातेमालो गर्न भन्दै तुलसीपुरका प्रमोद लामिछानेले १० हजार बराबरको डस्टबीन सहयोग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बजारका विभिन्न स्थानमा फोहर राख्न मिल्ने ठूला कन्टेनर पनि सहयोग गर्ने बताएका छन् ।

‘म प्रायजसो काठमाडौँ बस्ने गर्दछु’ लामिछानेले भने ‘तर, केही सकारात्मक सोंचका साथीहरुका कारण म निकै उत्साहित भएको छु ।’ त्यही भएर सरसफाई अभियानमा सहयोगी बन्न हातेमालो गर्न आएको उनले बताए ।

तुलसीपुर वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यक्रममा सरसफाई संयोजक नवराज लामिछानेले बजारलाई सफा र हरियो बनाउने अभियानमा सबैको हातेमालो चाहिने बताए । कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बजारमा साँघुरा सडकको स्तरबृद्धि गर्दै बजारलाई सफा राख्न सबैको उत्तिकै दायित्व रहेको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले आफूहरुले सुरु गरेको सरसफाई अभियान १३४औं हप्तामा पुगेकोमा खुशी ब्यक्त गरे । त्यस्तै संघका निवर्तमान अध्यक्ष एवं सरसफाई अभियान्ता बिमल रिजालले जनप्रतिनिधिहरुको सहभागितामा सञ्चालन भइरहेको सरसफाई अभियानलाई निरन्तरता दिन सबैले सहयोगीको भूमिका खेल्नुपर्ने धारणा राखे ।

सरसफाईले तुलसीपुरको पहिचान स्थापित गर्ने हुँदा त्यसमा सबैको सहयोग हुनुपर्ने उनको कथन थियो ।

 

 

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *