२०८१ बैशाख १९ गते बुधवार

राप्ती बबई क्याम्पस सञ्चालक समितिमा नयाँ नेतृत्व


तुलसीपुर,२९ फागुन ।
राप्ती बबई क्याम्पस तुलसीपुरको नयाँ सञ्चालक समिति गठन गरिएको छ । क्याम्पस सञ्चालन समितिको फागुन १८ गते भएको विशेष साधारण सभाले तोकेको निर्वाचन प्रक्रियामार्फत फागुन २९ गते सञ्चालक समितिमा नयाँ नेतृत्व आएको हो ।

विशेष साधारण सभाले तोकेको निर्वाचन प्रक्रियामार्फत नयाँ निर्विरोध रुपमा नयाँ सञ्चालक समिति चयन गरिएको हो । नयाँ क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिक्षाविद् नेपाल सरकारका पूर्व सहसचिव विष्णुकुमार देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा निर्विरोध रुपमा पदाधिकारी तथा सदस्यहरु निवार्चित भएको निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यले बताए ।

सञ्चालक समितिको उपाध्यक्ष मीनराज वली, कोषाध्यक्षमा विनिल केसी, र सदस्यमा निर्मल कुमार आचार्य, निर्मल कुमार आचार्य, विरबहादुर भण्डारी र नरेशकुमार राज भण्डारी निर्वाचित भएको निर्वाचन समितिको सदस्य तथा सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिए । १७ सदस्यीय रहने सञ्चालक समिति चारजना सदस्य सञ्चाक समितिबाट मनोनयन हुने र अन्य सदस्यहरु पदेयन सदस्य रहने व्यवस्था रहेको शर्माले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *