२०८१ असोज ४ गते शुक्रवार

ऐतिहासिक अश्वमेध गायत्री महायज्ञ

श्रीराम दहित
वीरगंज, २० फागुन ।
नेपालको इतिहासमा पहिलोपटक अश्वमेध गायत्री महायज्ञको उद्घाटन भएको हो । अखिल विश्व गायत्री परिवार शान्तिकुंज हरिद्वारका संस्थापक पण्डित श्रीराम शर्मा आचार्यले थालेको धर्मतन्त्रको माध्यमबाट समाज सेवा शुत्र अनुसार वैदिक विधिद्वारा गरिने उच्चस्तरीय यज्ञ अश्वमेध यज्ञ रहेको वक्ताहरुले जानकारी गराए ।

नेपालको इतिहासमा पहिलोपटक हुँदै गरेको भएता पनि यस अधि भारत, रूस, फ्रान्स, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा ४४ वटा अश्वमेध यज्ञ सम्पन्न गरिसकेको कार्यक्रमका मुख्य अतिथि डा प्रणव पाण्ड्याले बताउँदै अश्वमेध गायत्री महायज्ञ निश्चित उद्देश्य प्राप्तिका लागि गरिने वैज्ञानिक प्रयोग रहेको आफू आधुनिक चिकित्सा क्षेत्रमा कार्य गरेकै कारण बुझ्न बुझाउन सहज भएको समेत उनले बताए ।

चार दिनसम्म आदर्श रंगशाला वीरगंजमा चल्ने यज्ञको उद्घाटन वैदिक विधि अनुसार दीप प्रज्वलन गरी गायत्री परिवारका प्रमुख तथा देव संस्कृति विश्वविद्यालय शान्तिकुञ्जका कुलपति डा पाण्ड्याले गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य वीरगंज महानगर पालिका प्रमुख विजय सराबगीले गर्दै विविध कारणले समय हुन नसके पनि तेस्रोपटकको निर्धारित समयमा हुन थालेको अश्वमेध महायज्ञले राष्ट्रलाई समृद्ध ल्याउनमा उर्जा थप्ने बताए ।

देव संस्कृति विश्वविद्यालयका डा बृजेश कस्यपको समूहले योगकला प्रदर्शन गरेको थियो । अश्वमेध गायत्री महायज्ञका अध्यक्ष नेपाली आवासीय संघका पूर्व अध्यक्ष डा उपेन्द्र महतोले प्रमुख अतिथिलाई नेपाली टोपी र रुद्राक्ष कोसेली प्रदान गर्दै हामी नेपाली आर्थिक रूपमा केही कमजोर देखिए पनि आध्यात्मिक क्षेत्रमा सनातन संस्कृति प्रयोग र संरक्षणमा अगाडि रहेको हाम्रा वैज्ञानिक तथ्यमा आधारित रितिरिवाज कला, संस्कृति संसारमै सम्पन्न भएको हुँदा गौरव गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष डा. महतोले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश मौसम प्रतिकूलका कारण वैज्ञानिक प्रयोगमा आधारित विशिष्ठ कार्यक्रममा उपस्थिति हुन नभएता पनि पूर्ण सफलताको सन्देश सुनाए ।

यसअघि बिहान नौ बजे घन्टाघर चोकबाट हजारौंको सहभागितामा झाँकी जुलुससहितको ६ हजार नारीहरुको कलश यात्रा नगर परिक्रमा गरेको थियो । आइतबार उद्घाटन गरिएको अश्वमेध गायत्री महायज्ञ २२ गते बुधबार यज्ञ आहूति, प्रवचन, साँस्कृतिक कार्यक्रम, निःशुल्क षोडष संस्कार, एक लाख एक दियोबाट भव्य दीप महायज्ञ प्रज्वलित गरी २२ गते बुधबार पूर्णाहुती गरिने वक्ताहरुले र समृद्ध राष्ट्र निर्माणमा कार्यक्रमले सकारात्मक उर्जा दिने बताए । उक्त कार्यक्रमको सहजीकरण वातावरण तथा योग मनोविज्ञ डा राजु अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *