२०८१ असोज ४ गते शुक्रवार

मन्त्री अधिकारीको निधनको शोकमा भोलि सार्वजनिक विदा

काठमान्डौं, फागुन १५ । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि (विहीवार)राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गर्दै देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने तथा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्य समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्य छानबिन समिति गठन गरेको हो।

दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्ने गरी नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा सबैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *