२०८१ बैशाख ४ गते मङ्गलवार

प्रदेश नं २ को विकासमा सरकार प्रतिबद्ध छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को चौतर्फी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

महोत्तरीको गौशालामा आज आयोजित दशैँतिहार तथा छठपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले २ नं प्रदेशको विकासका लागि तत्परता दिएको दावी गर्नुभयो ।

उहाँले यहाँका लागि सिँचाइ, रेल, हवाई मैदानजस्ता विषयमा सरकारले गम्भीर भएर सोच्दै आएकाले हतार नगर्न सबैमा आग्रह गर्नुभयो ।

विगतको इतिहास हेर्दा प्रदेश नं २ बाट विभिन्न किसिमको परिवर्तनकारी आन्दोलनको समयमा उचित नेतृत्वदायी भूमिका निर्वाह गरिएकाले आफू पहिलोपटक प्रधानमन्त्री भएदेखि नै यस क्षेत्रको विकासका लागि सोच्दै आएको अध्यक्ष दाहालले धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान पार्टी र सरकार तत्पर रहेको बताउनुभयो । देश समृद्धितर्फ लम्किएकाले निकट भविष्यमै गौशालाको विकासको सम्भवना रहेको महासचिव पौडेलले धारणा राख्नुभयो ।रासस

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *