घोराही उपमहानगरपालिकाले निषेधीत क्षेत्रमा फोहोर फाल्नेलाई फोहोर उठाउएर डम्पीङ क्षेत्रमा फाल्न लगाएको छ । घोराहीको तुलसीपुर चोकमा रहेको एम बि एम फ्रुटर्स सप्लायर्समा लु २ च २७२१ नम्बरको पिकअप जिपबाट केरा झारेर सोही गाडीमा फोहोर राखेर घोराही ३ चौपट्टामा लगेर फाल्ने गाडी चालक र पसल सञ्चालकलाई उक्त फोहोर उठाएर डम्पीङ क्षेत्रमा फाल्न लगाईएको हो ।
सोमबार बिहान फोहोर गाडीबाट झार्दै गरेको अबस्थामा गुरु गोरक्षनाथ पात्रदेब मन्दिर व्यवस्थापन समितिका संयोजक डिल्लीबहादुर बस्नेतले फेला पारेपछि गाडी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
फोहोर फाल्ने चालक तथा गाडी धनी गढवाका चेतमान गिरी र फोहोर लग्न दिने पसल सञ्चालक हुकुम सिंहलाई दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, निबर्तमान अध्यक्ष हेमराज बन्जाडे, फलफुल व्यवसायी समितिका अध्यक्ष भगतबहादुर बिक सहितको रोहबरमा छलफल गरी फोहोर उठाएर डम्पीङ क्षेत्रमा फाल्न लगाईएको बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।