यमकला भुसाल,
तुलसीपुर ३ फागुन । बह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरले आफ्नो रजतजयन्तीको पूर्व सन्ध्यामा जेष्ट नागरिकलाई पोसिलो खानेकुरा र भाँडा वर्तन विरतण गरेको छ ।
शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा रहेको बृद्ध सेवा समिती जेष्ठ नागरिक समाज केशवराज झुपाकुमारी बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई ५ हजार ५ सय रुपैंया बराबरको पसिलो खानेकुरा र भाडा वर्तन बिरतण गरिएको हो । बह्माकुमारीईश्वरीय विश्व विद्यालय क्षेत्रीय प्रमुख गिता दिदीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सूर्य डाँगीले प्रमुख आथित्यमा वितरण कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि डाँगीले इतिहासका ज्यूँदा साक्षि जेष्ट नागरिकलाई सबैले माया र उचित सम्मान गर्नुपर्ने बताए । ‘कतिपय छोरा बुहारी आफ्ना अभिभावकलाई अपहेला गर्दै लत्याउँदै आधुनिक बन्न खोज्छन्,’अध्यक्ष डाँगीले भने ‘यथार्थमा उनीहरुले ढोङ्गी मात्रै हुन ।
उनीहमरुले ठूलो अत्याचार मात्रै गरिरहेका छैनन् भोलि उनीहरुका सञ्तानले पनि त्यस्तै गरुण भन्ने पाठ सिकाइरहेका छन् ।’ कोही नभएका र केही नभएका जेष्ट नागरिकलाई सबैले माया र सहयोग गर्नुपर्ने बृद्ध सेवा समिति जेष्ट नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले बताए । सम्वोधनका क्रममा कर्यक्रमकी अध्यक्ष गिता दिदीले असक्त र असक्षमहरुको सेवा नै सबै भन्दा ठूलो धर्म हुने बताइन । उक्त कार्यक्रमको सहजीकरण बह्माकुमार शिवलाल महतराले गरेका थिए ।