२०८१ मङ्सिर १७ गते सोमवार

नेपालगन्जमा कांग्रेसका विष्ट दोब्बर बढी मतले निर्वाचित, उपप्रमुखमा जसपाका राई

तस्विर : प्रेम केसी

तुलसीपुर, जेठ ६ । नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए ।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन् । नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *