२०८१ बैशाख ७ गते शुक्रवार

झन्डै २० बर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परे

दाङ,माघ २१ । जिल्ला प्रहरी कार्यालयले झन्डै २० बर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको साविक पुँजा गाविस वडा नं. १ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा प्यूठान जिल्ला अदालत वाट दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

ज्यान सम्वन्धि मुद्दामा जिल्ला अदालत प्यूठानले २०७२ भदौ २८ गतेको फैसला अनुसार मल्ललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । २०६९ पुस ३ गते मल्लले साँझ सवा ८ बजेतिर केसीको हत्या गरेका थिए ।

मल्ललाई आइतबार रातको ९ बजेतिर बुटवल उपमहानगरपालिका वडा नं. –१२ नयाँ गाँउमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिएका छन् । पक्राउ परेका मल्ललाई जिल्ला अदालतको आदेश अनुसार सोमबार नै कारागार चलान गरिएको प्यूठान प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *