तुलसिपुर माघ २१ । दाङको तुलसीपुरमा २ करोडको लागतमा अत्याकुनिक प्रयोगशाला संचालनमा आएको छ ।
सोमवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिइएको हो । तुलसीपुरस्थित प्रदेश अस्पतालको गेटको नजिकै जिनोमिक डायग्योष्टिक ल्याब्रोटरी प्रालि संचालनमा आएको छ । संचालनका अनसार करिव २ करोडको लगातमा सुरु गरिएको ल्याबमा होलबडी चेकअप ,थाईराईट , मृगौला, कलेजो, कल्चर लगायतका सेवा दिने पत्रकार सम्मेलनमा प्रवक्ता निमप्रशाद गिरीले जानकारी दिए ।
प्रा.लि.का अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रयोगशाला विहान ६ वजेदेखि राति ८ वजे सम्म खुल्ले जानकारी दिइएको थियो । जेष्ठ नागरिक,महिला स्वयमसेबी,पत्रकार,अपाङ्गता भएका व्यक्ति र दृष्टिबिहिनलाई १० देखि २० प्रतिसत सम्म छुट दिने प्रालिका एमडी सन्तोष धौलाकोटीले बताए ।
प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार