२०७७ मङ्सिर १७ गते बुधवार

शिक्षक संघ कपुरकोटले पुर्णता पायो


सल्यान, १९ माघ ।
नेपाल शिक्षक संघ कपुरकोट गाउँपालिकाले पुर्णता पाएको छ । शिक्षक संघ कपुरकोट गाउँकार्यसमितिको पहिलो प्रतिनिधीसभा बाट रिक्त रहेको पदहरु पुर्ति गरिएको संघले जानकारी दिएको छ । महिला उपाध्यक्षमा टंकी राना, अर्थ सचिवमा लालबहादुर कुवर, अर्थ सहसचिवमा खुमलाल महतारा, समावेसी सहसचिवमा रमेश घर्ती र महासंघ प्रतिनिधिमा शिवराज वस्नेतलाई चयन गरिएको शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरीले बताए ।

कार्यक्रममा शिक्षक संघ कर्णाली प्रदेशका उपाध्यक्ष रुद्रबहादुर चन्द, सल्यान जिल्ला अध्यक्ष एकराज बुढाथोकी, सचिव युवराज रेग्मी,शिक्षक संघ कालिमाटी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार खत्री, नेपाली काँग्रेस कपुरकोटका उपसंयोजक टिकाराम केसी लगाएतकाले मनतव्य व्यक्त गरेका थिए ।

उनीहरुले शिक्षा क्षेत्रको सुधार तथा शिक्षकहरुको हकहितमा नेपाल शिक्षक संघ थप क्रियाशिल बन्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *