
काठमान्डौं, माघ १६ ।
पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । हृदयाघात पछि उनी नर्भिक अस्पतालमा भर्न भएका थिए ।
अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।
अस्पतालका सूचना अधिकारी आरपी मैनालीले पूर्वयुवराजको स्वाश्थ्यमा सुधार आएको हुँदा सिसियुबाट वार्डमा सिफ्ट गर्ने तयारी भइरहेको जानकारी दिए ।
सोमबार अपराह्न हृदयाघात पछि अस्पताल भर्ना भएका पूर्वयुवराज बुधवार बोल्न र खान सक्ने भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार