शिवु खनाल,
रिहार, माघ १४ । लमही नगरपालिकामा ६५ योजना छनौट गरिएका छन् । नगरपालिका भित्र चार सय १९ विकास योजनाहरु छन् ।
तर ती मध्य जम्मा ६५ योजनाहरु मात्रै सम्झौंता भएको नगरपालिकाले जानकारी दिएको छ । संझौंता भएका योजना मध्य १५ वटा योजनाको काम पुरा भइ सकेको छ । ती संपन्न योजनाको रकम समेत भुक्तानी भइसकेको नगरपालिकाले जानकारी दिएको छ ।
विकासका सबै योजनाहरु पुस महिना भित्र संझौंता गरि सक्नुपर्ने भएपनि निर्माण उपभोक्ता समितिका पदाधिकारी नआउँदा ढिलाई भएको नगरपालिका योजना शाखाकी निर्मला श्रेष्ठले बताइन ।
यसैबीच नगरपालिकाले सोमबार वडा नम्बर ९ को रिहारमा पुगेर योजनाको संझौता गरेको छ । नगरपालिका बाट दुर दराजका योजना समितिका पदाधिकारीको सहजताको लागि वडामा पुगेर संझौता गरिएको नगरपालिका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए ।
वडा बाटै योजनाको संझौता भए पछी समितिका पदाधिकारी खुसी भएको डाँगीले बताए । वडा नम्बर ९ बाट २४ वटा योजना संझौता भएको डाँगीले बताए । वडा नम्बर ९ मा चालु आर्थिक बर्षमा लक्षित वर्ग र नेपाल सरकार अन्तर्गत आन्तरिक श्रोत बाहेक ४८ वटा योजना छनोटमा परेका छन् । वडाबाट छनोट भएका योजना मध्ये हालसम्म ३३ वटा बिकासका योजना संझौता भइसकेको भएपनि अझैं १५ वटा योजना संझौता हुन बाँकी रहेको वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसीले जानकारी दिए ।