२०७७ मङ्सिर १२ गते शुक्रवार

आँखा स्वास्थ्य कार्यक्रमवारे छलफल

बालाराम खड्का,
तुलसीपुर, ९ माघ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले सञ्चालन गरेका आँखा स्वास्थ्य कार्यक्रमको वारेमा छलफल भएको छ । अस्पतालले हाल सम्म दिएको सेवा र सञ्चालन गरेको कार्यक्रमको वारेमा राप्ती आँखा अस्पतालमा वुधवार छलफल भएको हो ।

त्यस अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले विगत ५ बर्ष र पछिल्लो ५ बर्षमा अस्पतालले सञ्चालन गरेका कार्यक्रम र पुर्याएको सेवाको वारेमा सहभागीलाई जानकारी दिए । उनले सन् २००९ देखि ०१३ सम्ममा ६ लाख आँखा विरामीलाई सेवा दिएको बताए । जस मध्य ५२ हजारको शल्यक्रिया गरेको उनले जानकारी दिए । सन् २०१४ देखि १८ सम्ममा १२ लाख भन्दा बढीलाई उपचार सेवा दिएको र जसमध्य ६४ हजारको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको जानकारी दिए । यसबीचमा विभिन्न दुर्गम क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर, विभिन्न व्यक्तिहरुलाई आँखा उपचार सम्वन्धी सचेतना तालिम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिसत अन्धोपनलाई घटायर हाल ०.१३ प्रतिसतमा ल्याउन सफल भएको उनले दाबी गरे ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव बिरबहादुर राई, समाज कल्याण परिषदका कार्यक्रम प्रमुख शिव बस्नेत, दातृनिकायका प्रतिनिधि हरिशरण विष्ट र अस्पताल प्रसासनबीच छलफल भएको हो । त्यसक्रममा समाज कल्याण मन्त्रालयका सहसचिव बिरबहादुर राई,समाज कल्याण परिसद्का कार्यक्रम प्रमुख शिव बस्नेत,एनएविपी नेपालका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले नेपालमा अन्धोपन निर्वारणमा संघद्धारा सञ्चालित आँखा अस्पतालहरुले राम्रो भूमिका निर्वाह गरेको भन्दै प्रशंशा गरेका थिए ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले अस्पतालको भौतिक विकाश र जनतालाई सर्वसुलभ सेवा प्रवाहमा आफुहरु लागि रहेको जानकारी दिएका थिए ।

अस्पतालहरुलाई आत्मनिर्भर बनाउँदै विशेषज्ञ सेवाका साथै स्रोतसाधान यूक्त बनाउन सहयोगको खाँचो रहेको उनले बताएका थिए ।

छलफलका अन्य सहभागिहरुले नेपाल नेत्रज्योति संघ, अन्र्तगत सञ्चालित , राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र उपचार केन्द्रहरुले अन्धोपन निर्वारणमा खेलेको भूमिका अतुलनिय रहेको र अझै सेवालाई प्रस्कृत गर्दै लैजानुपर्ने सहभागीहरुले जोडदिएका थिए ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *