२०८१ माघ ३० गते बुधवार

वडा नं ५द्धारा न्यानो कपडा बितरण

यमकला भुसाल,
तुलसीपुर, पुष ३०।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५को सहयोगमा तुलसीपुर ५ सुन्दरनगर स्थीत श्री ज्ञानज्वाती प्राथमिक विद्यालयमा २ सय बढी बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । सोमबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ परिवारले गरिब तथा विपन्न आयस्रोत भएका बालबालिकालाई न्यानो कपडा बितरण गरेको हो ।

ज्ञानज्वाती प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पाँच नम्मर प्रदेश प्रदेशसभा सार्वजनिक लेखा समितीका सभापती डिल्लीबहादुर चौधरीले जबसम्म बालबालिकालाई शिक्षा दिइदैन तबसम्म हिसां र गरिबी नरोकिने बताए । उनले भने–तपाई बालबालिकालाई पढ्ने बाताबरण मिलाइदिनुस,त्यसमा के कति सहयोग चाहिन्छ म सहयोग गर्छु ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले जाडोयाममा आधारभुत तहका विद्यार्थी न्यानो कपडा नहुदाँ विद्यालयको पढाईबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले वडाले न्यायो कपडा बितरण गरेको जानकारी दिए। गरिब तथा विपन्न वर्गका छोरा छोरी पनि यो देशका साझेदार भएको बताउनुहुदै उहाँले उनीहरलाई पढाईमा सहयोग गर्न आफु जुन सकै बेला पनि तत्पर रहेको बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ती मुकुन्द रिजाल,तुलसीपुर उद्योग वाणिज्य सघंका निर्वतमान अध्यक्ष बिमल रिजाल,रिपोर्टस क्लवका अध्यक्ष सरद रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रध्यानाध्यापक मेघराज घिमिरेको स्वागत मन्तव्यबाट सुर भएको कार्यक्रमको सहजीकरण शिक्षक बिबेक कुमार विकले गरेका थिए । ज्ञानज्वाती प्राथमिक विद्यालयमा अतिविपन्न वर्गका ३ सय बढी बालबालिका अध्ययनरत छन ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *