
मङ्सिर २८ । तुलसीपुर चेम्वर अफ कमर्शले मेला महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका ब्यबसायीले बजार बन्द गराएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको ब्यबसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै आन्दोलनमा उत्रिएका हुन ।
सडक प्रदर्शनमा उत्रिएका फेन्सी,जुत्ता,कस्मेटिक लगायतले तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघमा समेत ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि आन्दोलीत भएका हुन ।
तुलसीपुर चेम्वर अफ कमर्शले आगामी पुस १ गतेदेखि १२ गते सम्म तुलसीपुरमा सञ्चालन गरेको मेलाबाट आर्थिक संकलन गरि भवन निर्माण गर्ने उदेश्य राखेको बताउदै मेला लाई सहयोग गर्न अनुरोध गरेको छ । मेलामा फेन्सीका सामान नराखे भवन निर्माणका लागि आबश्यक ७ लाख बढी रकम सहयोग गर्ने फेन्सी ब्यबसायहरुले बताउदै आएका छन् ।
तर उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै मेला लगाउने दुढताका साथ चेम्वर अगाडी बढेको छ । मेला लगाउने समय उपयुक्त नभएको फेन्सी ब्यबसायीहरुको भनाई छ । जाडो मौसमको न्यानो कपडा पसलबाट कम बिक्रि हुने र मेलामा बढि आकर्षित हुने फेन्सी ब्यबसायीहरुको तर्क छ ।
आम नागरिकलाई थाँह नहुने गरि एउटा समूहले देशभर मेला महोत्सवको ठेक्का लिने गरेको तर स्थानीय ब्यबसायी आयोजक बन्ने गरेका छन् । मेलाबाट प्राप्त हुने बढी आम्दानी ती ठेकेदारहरुले नै लिएर जाने थोरै रकम मात्र यहाँका आयोजकहरुले प्राप्त गरेको मेला महोत्सव सञ्चालनको अनुभव भएकाहरुको भनाई छ ।
स्वास्थ्यकर्मीहरुले पनि मेलाका लागि यो समय उपयुक्त नभएको बताउदै आएका छन् । कोरोना भाईरस पूर्ण रुपमा नियन्त्रणमा आई नसकेको अबस्थामा ओमिक्रोन भाईरस समेत नेपालमा प्रबेश गरि सकेकोले यो समय मेलाका लागि उपयुक्त नभएको बताईएको छ । तुलसीपुरमा झण्डै डेढ दशकदेखि मेला महोत्सब सञ्चालन हुदै आएका छन् ।
