२०८१ पुष २९ गते सोमवार

दंगिशरणमा नियम विपरित आफन्तलाई इन्धन बाँडेको आशंका

देविराम कुसारी,
पुष २३ । दाङको दंगिशरण गाउँपालिका बाट पक्रिया मिचेर आफन्तलाई इन्धनको कुपन वाँडेको गुनासो आएको छ । वितरण गरिएका कतिपय कुपनहरुमा गाडिको नम्वर समेत उल्लेख छैन । त्यस्तै कतिपय कुपन निजी सवारी साधनको लागि समेत वितरण गरेको प्रमाण फेला परेको छ । त्यसले यहाँ अनियमितताको आशंका उब्जिएको छ ।

गाउँ पालिकाका अध्यक्ष भागिराम चौधरी र प्रशासकिय अधिकृत मार्सलकुमार वलीको मिलेमतोमा आफन्तलाई समेत त्यस्तो कुपनहरु वितरण गरिदै आएको विश्वसनिय स्रोतको दाबी छ ।

निजी साधनलाई ईन्धन दिदा लकबुक भर्नु पर्ने प्रावधान छ । जो स्टोरकिपरले भर्नु पर्छ । तर, गाउँपालिकाका स्टोर किपर ध्रुबराज अधिकारीले भने हालसम्म आफुले लकबुक एउटा पनि नभरेको बताए । कस्ले लकबुक भर्दै आएको छ त ? भन्ने जिज्ञासामा उनले अनभिज्ञता व्यक्त गरे । ‘चालु आर्थिक बर्षमा हालसम्म मैले एउटापनि लकबुक भरेको छैन,’ उनले भने ‘ त्यो कस्ले र कहाँबाट भरिरहेको छ त्यसवारे मलाई कुनै जानकारी छैन ।’

स्टोर किपर अधिकारीले प्रशासिकय अधिकृत वलीको हस्ताक्षरबाट एक महिनामा चार वटा निजी मोटर साइकलाई ६ पटक गरि ५५ लिटर पेट्रोल वितरण गरिएको जानकारी दिए । अधिकारीले एउटा कुपनमा गाडि नम्वर र कार्यालयको छाप समेत नरहेको स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष चौधरी र अधिकृत वलीले स्टोरसंग कुनै समन्वय नगरी मनमर्जी ढंगले तुलसीपुरको एक पेट्रोल पम्प वाट तेल वितरण गर्ने गरेको जानकारी दिए । अधिकारीले एक महिना १० दिनमा ४९ हजार ९ सय ९५ रुपैंयाको विल प्राप्त भएको बताए ।

 

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *