२०८१ फाल्गुन ६ गते मङ्गलवार

हापुरेमा स्वास्थ ईकाइ कार्यलय स्थापना

बालकृष्ण पाण्डे,
हापुरे पुस २३ । हापुरेमा स्वास्थ्य ईकाइ कार्यलय स्थापना गरेको छ । बबई गाउँपालिकाले नजिकमा स्वास्थ्य सेवा दिनका लागि उक्त स्वास्थ्य ईकाइ कार्यालय स्थापना गरेको जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल बबई गाउँपालिकाको केन्द्र मानिने हापुरे बजार मार्फत सर्वसुलभ रुपमा सरकारी सेवा दिन अब सजिलो हुने बताए ।
बबई गाउपालिकामा यो कार्यलय स्थापना हुनुभन्दा अगाडी स्वास्थ चौकी पन्चकुले, स्वास्थ्य चौकी हंसपुर थिए । त्यसतै स्वास्थ ईकाइ कार्यलय गङ्गटेमा राखिएको थियो ।

पछिल्लो समय हापुरेमा स्वास्थ ईकाइको स्थापना भएसंगै अब बबई गाउँपालिकाले १÷ १ जना अहेव, अनमी र कार्यलय सहयोगिको दरबन्दी प्राप्त गर्ने छ । स्वास्थ्य ईकाइको सेवा वडा नं. ५ को कार्यलय बाट संचालन गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *