२०८१ मङ्सिर २७ गते बिहिवार

यौंन धन्दा संचालन गरेको अभियोगमा पक्राउ

दाङ, पुष २२  । होटेलमा युवती राखेर यौंन धन्दा संचालन गरेको आरोपमा प्रहरीले होटेल संचालकसहित दुई जना महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित न्यूरोडमा फूलवारी होटेल संचालन गर्दै आएका थुमलाल चौधरीले युवती राखेर जवरजस्ती यौन धन्दामा लगाउने गरेको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमु्ख एवं डिएसपी प्रेमबहादुर शाहीले चौधरीले होटेलमा युवतीहरु राखेर ललाई फकाइ तथा जवरजस्ती वेश्यावृतिमा लगाउने गरेको जाहेरीका आधारमा होटेल संचालकसहित केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

एकजना पीडित महिलाको जाहेरीका आधारमा होटेलमा खानतलासी गर्दा पीडित महिलाको समेत उद्धार गरिएको ईप्रका तुलसीपुरका प्रमुख शाहीले बताए । प्रहरीले होटेल संचालक चौधरीको पत्निले समेत युवतीहरुलाई जवरजस्ती यौंन धन्दामा लगाउने गरेको पीडित महिलाहरुले वयान दिएको बताएको छ । पक्राउ परेकाहरु विरुद्ध मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तरगत मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *