दाङ,पुष २२ । घरमा आगोलागी हुँदा झन्डै ६ लाख बराबरको क्षति भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. २ बारखुटीमा देबी कुमालको घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । फुसको छानो युक्त एकतले घरमा भएको आगलागी बाट खाद्यान्न, लत्ता कपडा तथा अन्य सामाग्री समेत गरि झन्डै ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उक्त आगलागी बाट कुमालका दुईसय बढी कुखुरा पनि जलेर नष्ट भएका छन् ।
कुमालको घरमा बिहान पाँच बजेतिर आगो लागेको थियो । समयमै सावधानी अपनाएका कारण मानविय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार