२०८१ मङ्सिर २७ गते बिहिवार

प्रतिष्ठानले ग¥यो अदालतको आदेशको कार्यान्वयन


घोराही, २१ पुस ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च अदालत तुलसीपुरले जारी गरेको आदेशलाई पालना गरेको छ । शनिबार बिहानसम्म बृद्धि गरेको शुल्कमा सेवा गरेको भए पनि अदालतको आदेश अनुसार प्रतिष्ठानले पुरानै शुल्कमा सेवा प्रवाह गरिरहेको हो । पुस १७ गतेदेखि कार्यान्वयन हुने गरी गरेको सेवा शुल्क बृद्धिलाई कार्यान्वयन नगर्न भन्दै अदालतले शुक्रबार प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको थियो । राज्यबाट आवश्यक बजेट ब्यवस्थापन नभएको भन्दै प्रतिष्ठानले सेवा शुल्कमा भारी बृद्धि गरेको थियो ।

शुल्क बृद्धि रोक्नका लागि स्वास्थ्यकर्मी तथा प्रमुख निवेदक मदन वलीसँगै नेकपा नेता विवेक श्रेष्ठ र नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतमले बिहीबार उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । प्रतिष्ठानले सेवा शुल्क बृद्धि गरेपछि दाङका सरोकारवाला निकायले विरोध गरेका थिए । निवेदनमाथि बहस गर्दै उच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशलाई प्रतिष्ठानले पालना गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *