२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश सरकारको सहयोगमा कन्जुस्याई हुँदैन्ः सांसद ओली


दिप्तीशिखा चौधरी
दंगीशरण, २० पुस ।
प्रदेश नम्बर ५ का सांसद उत्तर कुमार ओलीले जनताहरु आफ्नो गाउँ ठाउँको विकास गर्न समर्पित भएर लागेमा प्रदेश सरकारबाट हुने सहयोगमा कुनै प्रकारको कमि नहुने बताएका छन् । अरु गाउँपालिकाभन्दा दंगीशरण गाउँपालिका धेरै पछाडि रहेको भन्दै गाउँपालिकाको विकासलाई गति दिन प्रदेश सरकारबाट गर्ने सहयोगमा कन्जुस्याई हुन नदिने प्रतिवद्धता ब्यक्त गरे ।

दंगीशरण गाउँपालिका वडा नम्बर ७ को बुटनियामा सडक शिलान्यास कार्यक्रममा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । सो अवसरमा सांसद वलीले विकासे काममा स्थानीय तहका जनप्रतिनिधिसँग हातेमालो गरेर अगाडि बढ्न जनतालाई आग्रह गरे । उनले भने–गाउँ तहको विकासे कार्यलाई सुरुवात गर्ने पनि जनता हुन् कामलाई पूर्णता दिलाउने पनि जनता हुन्, कुनै पनि विकास निर्माणको कार्यमा समाज र समुदायको त्याग र समर्पणबिना गाउँ र टोलको विकास हुन असम्भव छ । सांसद वलीले विकास निर्माणका प्याकेज धेरै भएको भन्दै दंगीशरण गाउँपालिकाका बाटाहरु हाईवयको रुपमा विकास गर्नुका साथै तीन बर्षभित्रमा सहायक बाटाहरु कालोपत्रे गरीसक्नुपर्ने बताए ।

आर्थिक बर्ष ०७५÷७६ भित्र एउटा आकार लिएर कार्य अगाडि बढाउने भन्दै ०७६÷७७ को बजेट विनियोजन गर्दा गाउँपालिकाका बाटाहरु पक्की बनाउने योजनालाई अगाडि बढाउने बताए । साथै उनले स्थानीय सरकारको प्रमाणीत गर्ने कुरामा गम्भीर हुन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । सांसद ओलीले भने ‘स्थानीय तहका जनतालाई गाउँपालिकाको बजेटबाट यो कार्य भयो भनेर देखाउनुछ जनताको ईच्छा आंकाक्षा, अपेक्षापूर्ण गर्नुछ, त्यसैले जनताले अनुभूति गर्ने खालको कार्य गर्नुस्, भावी सन्ततिले पनि तपाईको कामको मूल्याङ्कन राम्रो गरोस् ।’

गाउँपालिकाको ०७५÷७६ को सडक निर्माण योजनाअन्तर्गत गाउँपालिकाको वडा नम्बर ७ को बुटनियामा २ सय ४६ वर्ग किलोमिटर लम्बाई र ५ मिटर चौडाई हुने गरी पक्की बाटो निर्माण कार्य हुँदैछ । गाउँपालिकाको २० लाख र १० प्रतिशत जनश्रमदानमा बाटो निर्माण हुने वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर वलीले जानकारी दिए । शुक्रबार सांसद उत्तर कुमार ओलीले फरुवाले बाटो खनेर कार्यक्रमको उद्घाटन गरेका हुन् । सांसद वलीलाई त्यहाँका स्थानीयले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर वलीको अध्यक्षता एवै सांसद उत्तर कुमार ओलीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का, वडा नम्बर ५ का अध्यक्ष दिपक गौतम, नेकपाका जिल्ला सदस्य प्रविण वली, वडा सदस्यहरु मुनादेवी सुनार, भूप बहादुर खड्का, टिकाराम खड्कालगायत उपभोक्ता समिति र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *