२०८२ असार ९ गते मङ्गलवार

दाङमा ५ नं प्रदेश स्तरीय बक्तृत्वकला हुने

दाङ, पौष १९ । सञ्जिवनी कलेज अफ मेडिकल साइन्स बुटवल रुपन्देहीको आयोजनमा भोली शुक्रवार दाङको घोराहीमा ५ नं प्रदेश स्तरीय बक्तृत्वकला हुने भएको छ । प्राविधिक शिक्षा र यसको महत्वको बिषयमा हुने छनौट चरणको प्रतियोगितमा दाङ, बाँके र बर्दिया जिल्लाका प्रतियोगि सहभागि हुने सञ्जिवनी कलेज अफ मेडिकल साइन्स बुटवल रुपन्देहीका कार्यकारी प्रमुख दिपक रोकाले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ बिज्ञान र हेल्थ साइन्सको तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु प्रतियोगितमा सहभागि हुने छन । सामाजिक उत्तरदायित्व  अन्तर्गत सरकारको अघि सारेको प्राविधिक शिक्षाको महत्वलाई स्थानीय तहसम्म पू¥याउनका लागि कार्यक्रम गर्न थालिएको कार्यकारी प्रमुख रोकाले जानकारी दिए

। यसअघी बुटवलमा छनौट चरणको प्रतियोगिता भइसकेको र प्रदेश स्तरीय फाइनल प्रतियोगिता माघमा बुटवलमा गरिने योजना गरेको सञ्जिवनी कलेज अफ मेडिकल साइन्स बुटवल रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *