दाङ, पुस १८ । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नम्वर ११ जस्पुरका दुई किरियापुत्री बालिकालाई आर्थिक सहयोग गरेका छन् । आमा तारा विकको मृत्य पछि किरिया वसेका छोरीहरु आराधना र सदिक्षालाई घरमै पुगेर नगद १६ हजार ३ सय ५ रुपैंया सहयोग गरिएको छ ।
नगर उपप्रमुख माया आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन । उपप्रमुख आचार्यले दुई वालवालिकालाई शिक्षामा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन ।
छोरीले किरिया बस्नु हुन्न भन्ने गलत सामाजिक मान्यतालाई वदल्न सहास देखाउने किरियापुत्री बालिका प्रति सबैले सम्मान व्यक्त गर्नुपर्ने आचार्यको कथन थियो । ४० बर्षीया तारा विकको दमका कारण मंगलवार मृत्यु भएपछि दुई छोरीहरु आराधना र सदिक्षाले दागबत्ति दिएका थिए ।
प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार