२०८१ माघ ३ गते बिहिवार

६० विद्यार्थीलाई कपडा वितरण गरियो

सन्तोष केसी,
दाङ, पुष १८ । स्वर्गीय ईन्द्रबहादुर केसीको स्मृतिमा उनका परिवारजनले बुधवार विद्यार्थीलाई कपडा वितरण गरेका छन् ।
तुलसीपुर उपमहानगपरपालिका वडा नं. ७ निवासी स्वर्गीय केसीको स्मृतिमा पत्नि मेनका केसी र छोरा लक्ष्मण केसीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन ।

स्थानीय बालकल्याण प्रावि डाँडापातुमा स्थापना गरिएको इन्द्रबहादुर केसी स्मृति अक्षयकोष बाट त्यहाँ अध्यनरत ६० छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको हो ।

बुधवार नै अमर–भुमा स्मृति अक्षयकोष बाट पनि विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । पूर्व माननिय देवबहादुर केसी, समाजेवी डिल्लीबहादुर केसी र छोरी यमकुमारी केसीले स्थापना गरेको अम्मर–भुमा स्मृति अक्षयकोष बाट न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयमा इन्द्रबहादुर केसी स्मृति अक्षयकोष ५१ हजार र अम्मर– भुमा स्मृति अक्षयकोष १ लाख ५० हजारको स्थापना गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल चौधरीको अध्यक्षता तथा वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आथित्यतामा कपडा वितरण कार्यक्रम भएको हो ।

त्यसअवसरमा समाजसेवी तथा अक्षयकोष स्थापना कर्ता पूर्व माननिय देवबहादुर केसी, डिल्लीबहादुर केसी, मेनका केसी, अक्षयकोषका संरक्षक लक्ष्मण केसी, प्रधानाध्यापक नन्दराज शर्मा लगाएतले मनतब्य व्यक्त गरेका थिए । केसी परिवारले विद्यालयमा स्थापना गरेको अक्षयकोष बाट प्रत्यक बर्ष विद्यालयमा अध्यनरत छात्र–छात्रालाई विभिन्न सामग्रीहरु वितरण गर्दै आइएको छ ।

प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *