२०८१ बैशाख ६ गते बिहिवार

आज दाङको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

फोटो : फरककोण

दाङ, पुस १८ । बुधवार दाङको न्यूनतम तापकक्रम ५.४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय घोराही दाङले जानकारी दिएको छ । गत शनिवार दाङको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म झरेको कार्यालयले जानकारी दिएको छ । गतसाल दाङको तापक्रम ०.० डिग्री सेल्सियस सम्म झरेको थियो ।

त्यस्तै बुधवारको अधिकत तापक्रम २१.८ डिग्री सेल्सियस रहेको मौसम कार्यालयले बताएको छ । उत्तर पश्चिम बायुको प्रभावले तापक्रम घट्दै गएको र अझै केही दिन तापक्रम घट्दै जाने मौसम कार्यालयको अनुमान छ ।

हिमाली र पहाडी क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हल्का बर्षाको संभावना रहेको मौसम कार्यालयले जानकारी दिएको छ । बुधवारदेखि आकाशका हल्का बादलदेखिएको हुँदा बर्षाको संभावना रहेको कार्यालयको अनुमान छ । बर्षा भएमा लगतै तापक्रम बृद्धि हुने तर बर्षा नभएमा तापक्रम झनै घटेर जाने कार्यालयले संभावना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *