२०८१ चैत्र १३ गते बुधवार

आस्थाको आधारमा तेलको कुप्पन वितरण हुने गरेको गुनासो

देविराम कुसारी,
गोल्टाकुरी, पुस १७ । दंगिशरण गाउँपालिकाले कर्मचारीलाई विभेद गर्ने गरेको पाइएको छ । गाउँ पालिकाका अध्यक्ष भागिराम चौधरी र प्रशासकिय अधिकृत मार्सलकुमार वलीले आफुहरुलाई विभेद गरेको एक कर्माचमरीले गुनासो गरेका छन् ।

उनले अस्थाका अमधारमा समेत इन्धनको कुपन वितरण हुने गरेको जानकारी दिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने ‘अध्यक्ष र प्रशासकिय अधिकृतको मिलेमतोमा तेलको कुपन आफु निकटलाई मात्र वितरण गर्दै आइएको छ।’ गाउँपालिकाको स्टोर वाट वितरण हुनुपर्ने इन्धनको कुपन अध्यक्ष र प्रशासकिय अधिकृतको मिलेमतोमा अधिकृत मार्सलकुमार वलीले मनपरी वितरण गर्ने गरेको उनले आरोप लगाए ।

कुपनका विषयमा स्टोर किपर ध्रुवराज अधिकारीलाई बुझ्दा उनले भने यसवारेमा अनभिज्ञता प्रकट गरे । कुपन वितरण मात्रै होइन स्टोर हेर्ने जिम्मेवारीमा समेत विभेद हुँदै आएको ती कर्मचारीले जानकारी दिएका छन् । ‘पहिला स्टोर हेरिरहेका कर्मचारीलाई आस्थाकै आधारमा साईड लगाउने काम भयो र त्यसले केहिदिन काममा समस्या पनि उत्पन्न भएको थियो,’ ती कर्मचारीले भने ।

उनले पछि फेरी विषयगत अर्कैले हेर्नेगरी आफुलाई पनि त्यहाँ राखिएको बताए । गाउँपालिकाले वडालाई अघिल्लो वर्ष चार लाख भन्दा बढी मुल्य पर्ने फर्निचर दिएको भएपनि वडा नं. २ भने हालसम्म केही नदिएर विभेद गरिएको वडा अध्यक्ष तुलसिराम देवकोटाले गुणासो गरेका छन् । उनले आफ्नो वडामा इन्टरनेट समेत जडान गर्न कुनै चासो गाउँपालिकाले नदिएको बताए ।

त्यसैगरी वडा नम्वर २,३ र ४ मा हाल सम्म कुनै पनि योजनाको स्टिमेट समेत तयार हुन सकेको जानकारी दिइएको छ । काम गर्ने कर्मचारीलाई अध्यक्ष र प्रशासकिय अधिकृतले अस्थाका आधरमा व्यवहार गरेका कारण काम नगरेको भन्ने प्रतिक्रिया कर्मचारीले दिने गरेको एकजना वडा अध्यक्ष नेबबहादुर कवरले जानकारी दिए । आफुले पटक – पटक अधिकृतलाई राजनीति नगर्न आग्रह गरेपनि गाउँपालिकाका जिम्मेवार व्यक्तिवाटै विभेद हुने गरेको अध्यक्ष कवरले आरोप लगाए ।योजना शाखाका मस्तविर चौधरीले अन्य स्थानीय तहमा करिव ३० प्रतिसत भन्दा बढी काम भैसक्दा समेत दंगिशरण गाउँपालिकामा पाँच वाटा योजना पनि सम्झौता नभएको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *