२०८१ माघ ९ गते बुधवार

लमही खानेपानीमा चुनावी रौनक

प्रिया स्मृती गजमेर,
देउखुरी, १७ पुस । पुस २१ गते हुन लागेको लमही खानेपानीको चुनावले लमही बजार तातिएको छ । उम्मेदवारहरू विभिन्न प्रतिवद्धतासहित उपभोक्ताको घदैलोमा पुगेका छन् । खानेपानीको चुनावका लागि दुईवटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारहरू विभिन्न प्रतिवद्धतासहित उपभोक्ताको घरदैलोमा पुगेका छन् । खानेपानीको चुनावका लागि दुईवटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

संयुक्त लोकतान्त्रिक प्यानलको नेतृत्व एक कार्यकाल देउखुरी उद्योग वाणिज्य संघको अध्यक्ष सम्हालिसकेका ब्यवसायी विष्णुप्रसाद बेलवासेले गरेका छन् भने प्रगतिशील प्यानलको नेतृत्व युवा नेता डण्डीराम चौधरीले सम्हालेका छन् । दुबै प्यानलले आफ्ना उपभोक्ता, शुभचिन्तक र समर्थकका साथमा मंगलबार मनोनयन दर्ता गरेको छ । साथै निर्वाचन मण्डलले उम्मेदवारहरूलाई विभिन्न चुनाव चिन्हहरू प्रदान गरेको छ । चुनावको नतिजा आफ्नो पक्षमा पार्नलाई दुबै प्यानलका उम्मेदवारहरू मंगलबारदेखि उपभोक्ताको माझमा भोट माग्दै आफूलाई जिताउन पनि आग्रह गरेका छन् ।

उपभोक्ता विष्णुप्रसाद वेल्वासेको अध्यक्षतामा संयुक्त लोकतान्त्रिक प्यानल र उपभोक्ता दण्डिराम चौधरीको अध्यक्षतामा प्रगतिशील प्यानल खडा गरेर उम्मेदवारी दर्ता गरिएको छ । संयुक्त लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षमा लिला शाह, सचिवमा ताराप्रसाद खनाल, कोषाध्यक्षमा जंगबहादुर चौधरी, सदस्यहरूमा पदमप्रसाद गोराथोकी, जोगमान खड्का, नारायणप्रसाद गौतम, महिला सदस्यमा कृष्णा थापा र बबिता केसीको उम्मेदवारी दर्ता भएको निर्वाचन मण्डलका सदस्य भानु जोशीले जानकारी दिए ।

प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षमा गंगा पाण्डे, सचिवमा सनमकुमार पौडेल, कोषाध्यक्षमा हिमन्तप्रसाद पाण्डे, सदस्यहरूमा ऋषिराज रावत क्षेत्री, वासुदेव गौतम, विष्णु गिरी र महिला सदस्यहरूमा श्यामकला पोखरेल (भुसाल), सीतादेवी शाहीको उम्मेदवारी दर्ता भएको छ । मंगलबार नै उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ । प्रगतिशील प्यानललाई नेकपाको समर्थन छ । यस्तै संयुक्त लोकतान्त्रिक प्यानललाई नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, विप्लप माओवादी, नेकपा क्रान्तिकारीको समर्थन रहेको छ ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *