शिवु खनाल,
देउखुरी, पुष १५ । लमही अस्पतालालाई अक्जिसन सहितको सिलिन्डर प्रदान गरिएको छ । स्थसानीय व्यवसायी बिनोद बुढाथोकी र हरि बिडारीले ११ हजार पाँच सय बराबरको अक्सिजन सहितको सिलिन्डर लमही अस्पताललाई आइतवार हस्तान्तरण गरेका हुन ।
अस्पतालमा अक्सिजनको अभावले उपचार प्रभावित हुँदै आएको थियो । लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर सरोज दर्नाललाई सिलिन्डर हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार