दाङ, १४ पुस ।
ग्रिल तथा स्टिल व्यवसायी संघ घोराही को अध्यक्षमा भरत सुनार चयन भएका छन् । संघको चौथौ साधारण सभा तथा अधिवेसन वाट उनी अध्यक्षमा चयन भएका हुन । संघको उपाध्यक्षमा अनिल वि क र तिलक सुनार, सचिवमा कमल वि क, सहसचिवमा डम्वर डाँगी, कोषाध्यक्षमा मोतीलाल नेपाली रहेका छन् । संघका अन्य सदस्यहरुमा राजु रोहीनी, विनोद चौधरी, सरद वि क, अर्जुन वली, अम्मर कार्मी, चन्द्रवहादुर वि.क, गंगाधर नेपाली, चुर्ण सुनार रहेका छन् । त्यसैगरेर संघका सल्लाहाकारमा नारायण भुसाल, मानवहादुर विश्वकर्मा, प्रकास नेपाली, झगवहादुर विश्वकर्मा, खल्लुप्रसाद पुन, रहेका छन् । संघको आर्थिक सल्लाहाकारमा वावुराम वि क र प्रेस सल्लाहाकारमा अमरराज आचार्य लाई चयन गरेको छ । उद्घाट कार्यक्रममा वोल्ने सहभागिहरुले व्यवसायिहरु आफनो हक अधिकारको लागि एकतावद्ध भएर अगाडि वढनु पर्ने बताएका थिए । उनीहरुले व्यवसायिक इमान्दारीता हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायिहरु नियमसंगत रुपमा सञ्चालन गरीनु पर्ने बताए । अहिले पनि धेरै व्यवासायिहरु दर्ता विना सञ्चालन भइ रहेको भन्दै दर्ता गरेर मात्र सञ्चालन गरीनु पर्ने बताए । अवैध रुपमा व्यवसाय सञ्चालन गर्ने नुहुने उनको भनाइ रहेको छ । कार्यक्रम संघका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायणप्रसाद भुसाल, संघका महासचिव नरेश कार्की, संघका सदस्य छविनारायण गिरी, वडा प्रहरी कार्यालय घोराहीमा प्रमुख शसी शर्मा, दलित संघका जिल्ला अध्यक्ष वावुराम विश्वकर्मा, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्मा, किराना व्यवसायि समिती घोराहीका सचिव विनोद पाण्डे, मदिरा व्यवसायि महासंघका केन्द्रीय सदस्य कमल वुढा, कपडा तथा सिंलाइ व्यवसायि समिती घोराहीका अध्यक्ष चुर्णवहादुर नेपाली, हाडवर्यर व्यवसायि समिती घोराहीका अध्यक्ष दामोदर के सी, डेरी व्यवसायि घोराहीका अध्यक्ष इश्वरीप्रसाद घिमिरे, ग्रिल तथा स्टिल व्यवसायी नारायणपुर समितीका अध्यक्ष विनोद वि क, व्यवासायि झगवहादुर विक लगाएतकाले भनाइ राखेका थिए । संघका सदस्य भरत सुनारको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव कमल विकले गरेका थिए । कार्यक्रममा संघका आर्थिक प्रतिवेदन मोतीलाल नेपालीले र वार्षिक प्रतिवेदन सचिव कमल वि क ले गरेका थिए ।