शर्मिला डिसी,
तुलसीपुर, पुष १४। समुदायलाई सम्बृद्धि तफै लैजान सवैलाई समेट्नु पर्ने र त्यो क्षमता आफुहरुसग हुने गरेको महिलाहरुले दावी गरेका छन्। सुक्रेश्वरी महिला वचत तथा ऋण सहकारी संस्था तुलसीपुर – ११ उरहरीले आज शनिवार आयोजना गरेको ५ दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम समापन कार्यक्रममा उनीहरुले महिलाहरुसंग मात्र त्यस्तो क्षमता हुने बताएका हुन् ।
घर परिवार, समुदाय, संघ संस्था वा कार्यालय, राजनीतिक क्षेत्र वा कुनैपनि निकायमा महिलाहरुले गरेको नेतृत्व सवल र प्रभावकारी हुने गरेको उनीहरुले बताएका छन् । त्यसका लागि महिला समुदायको नेतृत्व अब हरेक क्षेत्रमा हुनुपर्ने उनीहरुले जोड दिए। संस्थाकी सावीत्रा ढकाल,रमा केसी,बुधनी चौधरी,विनीता घर्ती,शान्ति नेपाली,टीका बस्नेत,रमा लामिछानेले आफुहरुले अब समुदायमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको बताए । उनिहरुले भने, नेतृत्वमा स्वतन्त्र, निष्पक्ष, लोकतान्त्रीक र अग्रगामी नेतृत्वको आबश्यकता पर्ने भएकाले त्यो भूमिका महिलाहरुले गर्न सक्छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष चित्रबहादुर वलीले महिला समुदायको सशक्तीकरण अझै पनि आबश्यक रहेको बताए । सशक्तिकरण र सिपको विकासका लागि प्राथमिकतामा राखिएको उनले बताए । त्यस बाहेक सीप सिकाईबाट आय आर्जन गर्नसकिने र त्यसबाट आर्थिक सम्बृद्धि हुने बताए ।
संस्थाका अध्यक्ष सुष्मा शाहको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेत,प्रशिक्षक,महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुष्मा गिरी,संस्थाका ब्यबस्थापक सावीत्रा वली चापाईले बिपन्न र ग्रामिण क्षेत्रका महिलाहरुको चौतफी विकास र सामाजीक तथा आर्थिक न्यायका लागि लाग्नुपर्नेमा जोड दिए । त्यस अवसरमा स्वागत मन्तब्य सुशीला भण्डारी,धन्यबाद ज्ञापन संस्थाकी शिक्षा संयोजक शारदा धिताल र सहजिकरण गिता केसीले गरेकी थिइन् । तालिममा १८ जना महिलाको सहभागिता थियो ।