दाङ, पुस, १२ ।
घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ । विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । सगरमाथा सिमेन्टको सिएसपी भवनमा आगलागी भएको हो । घोराही उपमहानगरपालिका ३ गोग्लीमा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको दाङ प्रहरीले जनाएको छ ।
उद्योगको निर्माणाधीन सिएसपी भवनको ३५ मिटर माथि बिजुलीको तार सर्ट भई आगलागी भएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । आगलागीमा कुनै मानवीय क्षति नभएको बताइएको छ । आगलागीबाट प्लाई, वल्डिङ मेसिन ५ वटा, ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डरमा क्षति भएको जनाइएको छ ।
प्रकाशित मिति : २०७५ पुष १२ गते बिहिवार