२०८१ फाल्गुन २ गते शुक्रवार

वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका भारतबाट ४० नेपाली महिलाको उद्धार

फाइल फोटो

काठमाडौँ,  पुस १०। गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनिहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उहाँहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

चालीस महिलामध्ये १३ लाई आज र २७ लाई तीन दिनअघि नेपाल फर्काइएको उनले बताए । नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताए । हाल उद्धार गरिएका महिला उक्त संस्थाको सुरक्षित आवासमा रहेको संस्थाका कार्यक्रम संयोजक मीना विकले जानकारी दिइन ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *