२०८१ असोज २४ गते बिहिवार

राम्री दुर्घटनाका ६ घाइते डिस्चार्ज, थप ७ जनाको उपचार जारी

फाइल फोटो

दाङ, पुस १० । दाङको राम्री बस दुर्घटनाका घाइते मध्य काठमान्डौं पु¥याइएका १२ मध्य ६ जना उपचार पछि डिस्चार्ज भएका छन् । थप ६ जनाको भने काठमान्डौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको आफन्तहरुले जानकारी दिएका छन् । काठमान्डौंको उपचार पछि डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलाली निवासी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी वर्षा रोकाया रहेका छन् । उनीहरुमध्ये विक्रम भण्डारी काठमान्डौंमा आफन्तसँग बसेको भएपनि अन्य पाँच जनालाई सीटीईभीटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको जानकारी दिइएको छ ।

बस दुर्घटनाका १४ घाइते मध्य जुम्ला जिल्ला निवासी हिमाली हमाल यसअघि नै बाँकेको कोहलपुर स्थित शिक्षण अस्पताल वाट डिस्चार्ज भइसकेकी थिइन ।

काठमान्डौंमा उपचारर ६ घाइतेहरु

अझैंपनि बस दुर्घटनाका ६ जना घाइते विद्यार्थीको काठमान्डौंका विभिन्न अस्पतालहरुका उपचार भइरहेको छ । घाइतेमध्ये जुम्ला चन्दननाथका जीवन भण्डारी, रुकुम सानीभेरीकी रेजिना पुन, रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश ओली र दाङ बंगलाचुली गाउँपालिका मेनुका रिजाललाई ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै अछाम मंगलसेनका युवराज ढुंगानालाई शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यस्तै रुकुम सानीभेरीका राजन डाँगी र अछाम मंगलसेनका भद्र बिष्टलाई ट्रमा सेन्टरको इमरजेन्सीमा राखेर उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

अर्का घाइते बस स्टाफ दाङको सञ्जय खनालको भने बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पुस ६ गते दिउँसो सवा ४ बजेतिर सल्यान वाट तुलसीपुर तर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्वरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

त्यो बसमा दाङ घोराहीको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय बाट अवलोकन भ्रमणममा सल्यान पुगेर फर्किदै गरेका विद्यार्थी सवार थिए । उक्त बस दुर्घटना मृत्यु हुनेहरु मध्य दुई जना शिक्षक, बसका चालक र परिचालक तथा बाँकी सबै विद्यार्थी हुन । दुर्घटनास्थल तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा २१ वटा शव बरामद भएको थियो भने एजकना घाइतेको राप्ती अंचल अस्पतालमा र अर्का एकजनाको बाँकेको कोहलपुरमा मृत्यु भएको थियो ।

सबै घाइतेलाई राप्ती अंचल अस्पतात तुलसीपुर दाङको उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको थियो ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *