२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर उपमहानगरले स्थानीय विदा दिने

तुलसीपुुर, पुस ४ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक विदा दिने भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ४९ औ वैठकले गुरुङ्गहरुको महान पर्व तमु ल्होसार र माघी पर्वका अवसरमा विदा दिने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिएका छन् । प्रवक्ता डाँगीका अनुसार तमु ल्होसारका अवसरमा पुस १५ मा सम्पूर्ण विद्यालय र माघी पर्वका अवसरमा माघ १ गते थारु जातिलाई विदा दिने भएको हो । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहले आफै विदा गरेको यो पहिलो पटक हो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले नगर स्वास्थ्य नीति २०७५, नगर स्वास्थ्य ऐन २०७५, अपाङ्ग परिचय पत्र सम्वन्धि कार्यविधि पारित गरेको छ । यसैगरी स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई समायोजन गर्ने समेत वैठकले निर्णय गरेको छ । वैठकले शिक्षा वजेट समेत पारित गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *