२०८१ बैशाख ८ गते शनिवार

शान्तिनगरमा व्यापारिक तथा पर्यटन महोत्सव


तुलसीपुर, ४ पुस ।
दाङमा प्रथम शान्तिनगर व्यापारिक तथा पर्यटन महोत्सव २०७५ हुने भएको छ । यही पुस २६ देखि माघ ६ गतेसम्म दाङको शान्तिनगर ५ बैसा, रगैजामा महोत्सव हुन लागेको हो । अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण विकास मञ्चले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रज्योती बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महोत्सवका आर्थिक संयोजक रोहन पुनले देशमा सबै जातजातिहरु आ–आफ्नो पहिचान र रितिरिवाजलाई खोज अनुसन्धान गरिरहेका बेला मगर समुदायभित्रका भाषा, भेषभूषा र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

लोपोन्मुख तथा अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने, स्थानीय भाषा, साहित्य, कला, संस्कृति र परम्परागत सिपको संरक्षण र सम्वद्र्धन गर्न र नेपाल मगर साँस्कृतिक संघको भवन निर्माण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको उनले बताए । ५० हजार दर्शकहरुलाई प्र्रत्यक्ष रुपमा मेलामा अवलोकन गराउने, जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण र विकासमा सबैको ध्यानाकर्षण गराउने, ब्यापार तथा वातावरणको अध्ययन गर्ने, वातावरण संरक्षणका लागि पहल गर्ने र ३० लाखसम्मको आर्थिक लक्ष्य राखिएको महोत्सवका सयोजंक याम पुनमगरले जानकारी दिए ।

उक्त मेलामा प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ, विद्यार्थीलाई १० प्रतिशत छुट गरिने छ भने ६० वर्षभन्दा माथिका बृद्धबृद्धाहरु र अपाङ्गलाई निःशुल्क प्रवेश भएको पुनले बताए । साथै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने १ सय २० वटा स्टलहरु राखिने छ ।

अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण विकास मञ्च, नेपाल मगर साँस्कृतिक संघ राप्ती अञ्चल समन्वय समितीको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । कार्यक्रमको सञ्चालन नेपाल मगर साँस्कृतिक संघं राप्ती अञ्चल समन्वय समितिका महासचिव प्रेम विवश घर्तीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *